दफा १९
वार्षिक प्रतिवेदन
(१) आयोगले आफूले गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र राष्ट्रपति समक्ष पेश गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको वार्षिक प्रतिवेदनमा अन्य विषयको अतिरिक्त देहायका विषय समेत समावेश गर्नु पर्नेछः–
(क)  आयोगको वार्षिक कार्यक्रमको कार्यान्वयन सम्बन्धी विवरण तथा खर्च,
(ख)  आयोगले नेपाल सरकार, प्रदेश तथा स्थानीय तहलाई दिएको सिफारिस तथा सुझावको विवरण,
(ग)   सिफारिस तथा सुझाव कार्यान्वयनको अवस्था,
(घ)   आयोगको आर्थिक तथा भौतिक स्रोत साधन तथा त्यसको उपयोगको अवस्था,
(ङ)   प्राकृतिक स्रोत तथा राजस्व बाँडफाँट सम्बन्धी अन्य विषयमा गर्नु पर्ने सुधार सम्बन्धी सुझाव,
(च)   यस ऐन बमोजिम आयोगले पूरा गर्नुपर्ने दायित्व निर्वाहका सम्बन्धमा गरिएको अन्य काम कारबाहीको विवरण ।
(३) उपदफा (१) बमोजिमको प्रतिवेदन सङ्घीय संसदमा पेश भएपछि आयोगले सो प्रतिवेदन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्नेछ ।